Tip:
Highlight text to annotate it
X
नयाँ गुगल नक्साका साथ दिशा निर्देशनहरू प्राप्त गर्न सिक्नुहोस्।
दिशा निर्देशनहरू प्राप्त गर्न सजिलो छ।
खोजी बाकसबाट सुरू गर्नुहोस् र कुनै खास स्थानका लागि खोजी गर्नुहोस्।
त्यसपछि दिशा निर्देशनहरूमा क्लिक गर्नुहोस्।
तपाईँको सुरूवात बिन्दु थप्नुहोस्।
विविध यातायात विकल्पहरू नक्सामा र खोजी बाकसमुनि देखा पर्ने छन् ।
तपाईँका दिशा निर्देशनहरूलाई उल्ट्याउन बायाँ तर्फका वाणहरूलाई क्लिक गर्नुहोस्।
पूर्वनिर्धारित रूपमा उत्तम रूटहरू देखाइएका छन्, तर तपाईँले सवारी वा सार्वजनिक ट्रान्जिट कुन हेर्ने हो छान्न सक्नुहुन्छ,
हिड्ने वा बाइकिङ निर्देशनहरू।
तपाईँको गन्तब्यमा पुग्ने उत्तम उपाय सधैँ पहिले नीलोमा हाइलाइट हुन्छ।
रूट लाइनहरू वा रूटका बिच जानकारी कार्डमा क्लिक गरेर तपाईँका अन्य विकल्पहरू पत्ता लगाउनुहोस्।
यदि तपाईँ कारबाट जाँदै हुनुहुन्छ भने राजमार्ग र मार्ग शुल्कबाट बच्नका लागि "विकल्पहरू" मेनुमा क्लिक गर्नुहोस्।
वा विस्तृत सवारी निर्देशनहरू हेर्नका लागि "कदम पछि कदम" क्लिक गर्नुहोस्।
पछाडि जान "पूर्ण नक्सा दृश्य"मा क्लिक गर्नुहोस्
यदि तपाईँ सार्वजनिक ट्रान्जिट लिँदै हुनुहुन्छ भने तपाईँले एकै हेराइमा रूट परिदृश्यहरू देख्न सक्नुहुन्छ।
तपाईँको भ्रमणका दृश्यका लागि थप विकल्पहरू र समयमा क्लिक गर्नुहोस्।
सेड्युल एक्स्प्लोररले ट्रान्स्फर, भ्रमणको संख्याको आधारमा भ्रमणलाई तुलना गर्न सजिलो बनाउँदछ।
समय र हिड्ने दूरी।
एक-पछि-अर्का निर्देशनहरू प्राप्त गर्नका लागि कुनै पनि रूटमा क्लिक गर्नुहोस्।
चाहे तपाईँ घरमा वा बाटामा हुनुहोस्, गुगल नक्साले तपाईँलाई त्यहाँ पुर्याउने छ।
नयाँ गुगल नक्सालाई भेट्नुहोस्