Tip:
Highlight text to annotate it
X
(धुन)
स्कूलमा एउटा सामान्य दिनमा हाम्रा
धेरै घण्टाहरु वित्ने गर्छन् , के गरेर त?
विभिन्न प्रश्नहरूको जवाफका बारे सिकेर र थाहा पाएर।
तर अहिले हामी त्यस्को ठीक उल्टो काम गरौं।
हामी त्यस्ता प्रश्नहरुमा विचार गरौं जस्को उत्तरहरु थाहा पाउन सकिंदैन,
किनभने ति उत्तरहरु हालसम्म कसैलाई पनि थाहा छैन।
केटाकेटी छंदा म धेरै थरी कुराहरुका बारे थाहा पाउन चाहन्थें।
उदाहरणका लागि, मलाई कस्तो अनुभव हुंदो हो यदि
म एउटा कुकुर भैदिएको भए?
माछाहरुलाई दुख्छ की दुख्दैन होला? किराहरुलाई पनि दुख्ला की नदुख्ला?
बीग ब्यांग वा महा विस्फोट भनेको एउटा दुर्घटना मात्रै थियो की?
अनि के सांच्चिकै ईश्वर भन्ने छन् त?
यदि छन् भने हामीले कसरी थाहा पाउने की उनी केटा हुन् की केटी?
अनि यत्ति धेरै निर्दोष मानिस तथा जनावरहरुले खराब कुराहरु किन बेहोर्नु पर्छ?
सांच्चिनै, मेरो जीवनको योजना पहिले नै निर्धारण भैसकेको हो?
के भविष्य लेखिन अझै बांकी नै छ,
की त्यो पनि पहिले नै लेखिसकियो
र हामीले अहिले त्यसलाई देख्न नसकेका मात्र हौं? विधर्मी बन्न पाइन्छ?
उसो भए म को हुं त? के म एउटा जैविक यन्त्र मात्र हुं?
फेरि म मा चेतना किन छ?
चेतना हुनु भनेको के हो? के रोबोटहरुमा पनि एकदिन चेतना हुनेछ?
मैले भन्न खोजेको, मलाई लाग्थ्यो की
कुनै दिन मलाई यि सबै प्रश्नहरुको उत्तर कसैले बताइदिनेछ।
यसको उत्तर कसै न कसैलाई त थाहा होला नी, होइन?
अममम। तर यस्को जवाफ कसैलाई थाहा छैन।
ति मध्ये धेरैजसो प्रश्नले त मलाई पहिले भन्दा अहिले झन अचम्ममा पार्ने गर्छ।
तर ति प्रश्नहरूमाथि विचार गर्नु रमाइलो हुन्छ
किनभने यसो गर्दा मानवजातिले हासिल गरेको ज्ञानको किनारामा नै पुग्न सकिन्छ,
र त्यहां पुगेर के कस्ता कुरा थाहा पाइन्छ भन्ने अनुमानै गर्न सकिन्न।
अब दुईथरी त्यस्ता प्रश्नमाथि विचार गरौं, यो श्रृंखला आरम्भ गर्नका लागि।
त्यस्ता प्रश्न जस्को जवाफ पृथ्वीमा कसैलाई थाहा छैन--