Tip:
Highlight text to annotate it
X
यो के हो ?
मानवअधिकार भनेको के हो ?
हाम्रो जीवनको सुरूवातदेखि नै हामी मानव भएको नाताले हाम्रा सरकारहरूले हामीलाई आफ्ना सामर्थ्य हासिल गर्नमा मद्दत पुर्याउन केही निश्चित कुराहरू पूरा गर्नैपर्ने हुन्छ।
हाम्रा सरकारहरूबाट हामीले गरेका यी अपेक्षा तथा मागहरूलाई नै मानवअधिकार भनिन्छ।
प्रत्येक पुरुष, महिला तथा बालबालिकालाई मानवअधिकार प्राप्त हुन्छ।
यसले कसरी काम गर्छ ?
अधिकारहरूले सरकारलाई देहायका कार्य गर्न आह्वान गर्दछन्: सम्मान गर्ने - कसैले गर्न पाउने केही कामहरूमा सीमा तोक्ने काम नगरेर।
संरक्षण गर्ने - कसैलाई दुर्व्यवहार हुनबाट जोगाउने।
पूरा गर्ने – कसैलाई आफ्नो सामर्थ्य हासिल गर्न सक्षम तुल्याउन चाहिने आधारभूत अवस्था प्रदान गर्ने।
मानवअधिकारका सबैभन्दा न्युनतम आधारभूत मापदण्डहरूलाई देशहरूले छलफल गरी लिपिबद्ध गरेका छन्।
देशहरू यसको पालना गर्न सहमत भएका छन्।
यी मापदण्डहरू अन्तर्राष्ट्रिय कानुन बनेका छन्।
संविधान त्यस्तो उदाहरण हो जसमा मानवअधिकार व्यवस्था गरिएको हुन्छ।
मौलिक अधिकारहरूको सम्मानको प्रबर्द्धन गर्नु संयुक्त राष्ट्रसङ्घका प्रमुख उद्देश्यहरूमध्ये एक हो।
यो विश्वभरि रहेका संयुक्त राष्ट्रसङ्घीय सङ्गठनका गतिविधिहरूद्वारा हासिल गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी कार्यक्रमको अगुवाइ गर्नु संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयको जिम्मेवारी हो।
देशहरूले मानवअधिकारसम्बन्धी आफ्ना वाचाहरूलाई कसरी व्यवहारमा उतारेका छन् भन्ने कुराको अनुगमन गर्न विज्ञ समितिहरू पनि गठन गरिएका हुन्छन्।
साथै, विभिन्न देशहरू मिलेर बनेको एउटा मानवअधिकार परिषद् एउटा समूह पनि छ जसले विश्वभरिका मानवअधिकारसम्बन्धी विभिन्न विषय तथा अवस्थाहरूबारे छलफल गर्ने गर्दछ।
म के गर्न सक्छु ?
आफ्ना अधिकार के के हुन् भन्ने कुरा पत्ता लगाउनुहोस्। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यक्रमबारे अझ बढी सिक्नुहोस् र त्यसको प्रचार गर्नुहोस्।
ohchr.org हेर्नुहोस्।